मैथिल ब्राह्मण महासभाको युवा समितिद्वारा राहत वितरण

<span class='c1'>मैथिल ब्राह्मण महासभाको युवा</span> <span class='c2'>समितिद्वारा राहत वितरण</span>

मैथिल ब्राह्मण महासभा नेपालको युवा समिति मोरङले सपना सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिकासँगको सहकार्यमा विराटनगरका गरिब तथा विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको छ । निषेधाज्ञाबाट प्रभावित मजदुर तथा गरिबहरुलाई मध्यनजर गर्दै उनीहरुले विराटनगर महानगरको वार्ड नम्बर १५, १६, १७, १८ र १९ का करिब १ सय घर परिवारलाई चामल १५ के.जी. खानेतेल १/२ लीटर, दाल २ के.जी., आलू २ के.जी., नून १ के.जी., हात धुने साबुन १ थान र मास्क सहितको राहत प्याकेज वितरण गरेको सहयोगी संस्थाका सदस्य सुरज मिश्रले जानकारी दिनु भयो ।

वितरण कार्यक्रम मा मैथिल ब्राह्मण महासभा नेपाल, युवा समिति, मोरंग विराटनगरका अध्यक्ष मनोज मिश्र र अन्य पदाधिकारी सदस्यहरु विपिन कुमार झा, संतोष कुमार झा, चंद्रकांत ठाकुर, सूरज मिश्र, सुभाष झा ,नवीन झा, नंदकिशोर झा, शिवम मिश्र, निशित मिश्र, अधिषेक झा, बरुण मिश्रा र स्थानिय समाजसेवी राजेश गुप्ता, रुष्तम अली, प्रकाश साह, बिमल राय, माला मिश्र को सहभागीता रहेको थियो ।
मिश्रका अनुसार सोशल एसोसिएशन अफ प्रोफेशनल नेपाली इन अमेरिका तर्फबाट अध्यक्ष डा.सुबोध मल्लिक, सचिव उषा झा, कोषाध्यक्ष डा. अर्चना कायस्थ, सदस्यहरु नीलु झा खतिवाडा, डा. राकेश मंडल, मुकेश झाको सहयोग रहेको थियो ।

राहत वितरण कार्यक्रमका संयोजकद्वय मनोज कुमार मिश्र र डा. राकेश मंडलले गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा आफुहरु खुसी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्