सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड परियोजनाद्वारा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
परियोजनाले मन्त्रालयलाई कोभिड १९ को उपचार प्रक्रियामा आवश्यक पर्ने कार्डिएक मोनिटर, पल्स अक्सिमिटर, अटोमेटिक बिपि सेट, थर्मल गन लगायतका सामाग्री सहयोगका रुपमा हस्तान्तरण गरेको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईलाई सेभ द चिल्ड्रेन/ग्लोबल फण्ड परियोजना कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक कुमार ढकालले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।
विहिबार एक विशेष कार्यक्रम बिच उक्त सहयोग हस्तान्तरण गरिएको हो ।