कोभिड १९ महामारीका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका दैनिक ज्याला गरी जीवनयापन गर्ने अति विपन्न परिवारलाई दिगो विकास इन्सिच्यूटले सहयोग वितरण गरेको छ । विराटनगर महानगरपालिकाको वडा नं. ८ का ४७ र वडा नं. १० का २६ घर परिवारलाई दिगो विकासले उक्त राहत वितरण गरेको हो ।
प्रति परिवार २५ किलो चामल, १ किलो मटर, १ किलो चना, १ किलो नुन, १ लिटर सूर्यमुखी तेल, ५०० ग्राम सोयाविन वितरण गरिएको दिगो विकास इन्सिच्युटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयो । उहाँले १ लाख ५७ हजार ६ सय ८०रुपैयाँको राहत सामाग्री वितरण गरिएको बताउनु भयो ।

यसका साथै दिगो विकासले कोशी अस्पताल विराटनगरको कोरोना शाखामा १ सय थान PPE सेट, ५ सय थान मास्क सहयोग प्रदान गरेको थियो । उक्त सहयोग दिगो विकास इन्सिच्यूटका कार्यक्रम निर्देशक श्रेष्ठ र विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली संयुक्त रुपमा कोशी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट चुमनलाल दासलाई हस्तान्तरण गर्नुभएको थियो ।
साथै श्रेष्ठले विराटनगर महानगरपालिकाका लागि मेयर पराजुलीलाई ५० सेट PPE , ५ सय थान मास्क हस्तान्तरण गर्नुभएको थियो ।
