महामारीमा अलपत्रहरुलाई घर पुर्याउदै दिपक चापागाँई र टोली

<span class='c1'>महामारीमा अलपत्रहरुलाई घर पुर्याउदै</span> <span class='c2'>दिपक चापागाँई र टोली</span>

- स्मिता पोखरेल

दुई नाबालक छोरा लिएर विराटनगरमा उपचार गर्न इलामबाट आउनु भएको एक महिलालाई इलाम घर फर्कन समस्या भयो । निषेधाज्ञाका कारण गाडीहरु चलिरहेका थिएनन् । यस्तो समयमा विराटनगरका दिपक चापागाँईले बरगाछी युवा समुहसँग मिलेर उहाँलाई घरसम्म पुर्याउने जिम्मा लिनु भयो ।
चापागाई विराटनगरका चिनिएका राजनीतिज्ञ र समाजसेवी हुनुहुन्छ र उहाँले ति एक महिलालाई गरेको सहयोग पछि यस्तै अपठ्यारोमा परेका अरु पनि होलान् उनीहरुलाई पनि यस्तै खालका सहयोग आवश्यक पर्ला भन्ने विचार गरि "गन्तव्य तपाइको जिम्मेवारी हाम्रो" भन्ने अभियान सुरु गर्नु भएको छ।

अभियान सुरु भएपछि बरगाछी युवा समुहसँगै मिलेर यो अभियानले अन्य अलपत्र परेका मानिसलाई पनि उहाँहरुको गन्तब्य सम्म छोड्दै आएको छ । यसै लगत भर्खरै पढाइको क्रममा बिराटनगरमा कोठा भाडा तिरेर बसिरहेका महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत दश जना बिध्यार्थीहरुलाई समेत उनिहरुको घर छोड्न मद्दत गरेको दिपक चापागाईंले जानकारी दिनु भयो ।
यो अभियानमा आकाश घिमिरे, सरोज फुयाल, आर्यन न्यौपाने र सन्जिब राई फिल्ड वर्कमा लागिरहनु भएको छ । यो अभियानका साथै बरगाछी युवा समुहले शव व्यवस्थापन र उद्धार टिम गरेर १५ जना सम्म आवद्ध भएर लाग्नु भएको छ । हालसम्म झापा, इलाम, धनकुटा , उदयपुर सम्मका मानिसलाई आफ्नो घर छोड्दिएको उहाले बताउनु भयो । त्यसै गरि यो अभियानले आफ्नो निजि गाडीहरु चलाएर निशुल्क सेवा गर्दै आएको छ । यस्ता अभियानले गर्दा नै हो कति अप्ठ्यारोमा परेका मानिसहरु सहजै आफ्नो गन्तव्य सम्म पुगेका छन ।

हामिलाइ कहि न कहि कुनै बेला समयको वाध्यताले वा कमजोर आर्थिक अवस्थाको कारण अरु कसैको सहयोगको आवस्यक परेको हुन्छ र त्यस बेला कसैले सहयोग गरिदिदाँ त्यो सबै भन्दा ठुलो गुन अरु केही हुदैन। अझै यस्तो महामारीको बेला सहयोगका हात दिने दिपक चापागाई र बरगाछी युवा समुहका सबै अभिन्ताहरुलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

---
कोभिड १९ महामारीको समयमा सहयोगी भूमिका निर्वाह गरिरहेका व्यक्ति, समुह र संस्थाहरुको कथा तपाईहरु माफमा ल्याउने उद्देश्यका साथ ओबि मिडिया प्रा लिको यो कोभिड हिरोज श्रखंला हो । तपाई वरिपरि पनि कसैले निस्वार्थ सेवा गरिरहेको छ भने हामीलाई जानकारी गराउनु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्