विराटनगर बाल सुधार गृहका २५ जनामा कोरोना संक्रमण पुष्टि, अन्यलाई लक्षणसहितको ज्वरो

<span class='c1'>विराटनगर बाल सुधार गृहका २५ जनामा</span> <span class='c2'>कोरोना संक्रमण पुष्टि, अन्यलाई लक्षणसहितको ज्वरो</span>

विराटनगर । विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । क्षमता भन्दा बढी बालक राखिएको सुधार गृहमा २५ जनालाई कोरोना संक्रमण पोजेटिभ आएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । सम्पर्क पहिचानका आधारमा जेठ १३ गते ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको गृहका प्रमुख मिनल चौहानले जानकारी दिनुभयो । एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर भने गरिएको छैन ।
प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन । जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते मात्रै आएको थियो । त्यसपछि समेत केहिमा कोरोनासँग मिल्ने लक्षणसहित ज्वरो आएको छ ।

उनका अनुसार संक्रमित बालकलाई विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । चार जना बालकलाई उपचारका लागि अदालतको आदेशपछि आफन्तको जिम्मा लगाइएको छ । सुधार गृहका प्रमुख चौहानका अनुसार गृहको क्षमता ५० जना मात्रै हो । तर क्षमताभन्दा करिब चार गुणा बढी १९३ जना बालकलाई राखिएको छ । क्षमताभन्दा धेरै भएका कारण एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएको छ । प्रदेश १ मा विराटनगरमा मात्रै सुधार गृह छ । प्रदेशका १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि विराटनगरमा ल्याएर राखिन्छ । सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्