आफ्नै घरबाट पक्राउ परे रबिन कार्की

<span class='c1'>आफ्नै घरबाट पक्राउ</span> <span class='c2'>परे रबिन कार्की</span>

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दुर्घटनामा कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो ।

गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्कोजना घाइते भएका थिए । पैदल यात्री भारत कटिहारका मुकेश शर्माको मृत्यु र मोरङ कटहरी–२ का राजकुमार राजबंशी घाइते भएका थिए ।

दुर्घटनापछि कार्की फरार रहेका थिए । प्रहरीले चारदिनपछि पक्राउ गरेको छ । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काले पक्राउ गरेर सवारी ज्यान कसूरमा म्याद थप्ने प्रक्रिया बढाइएको जानकारी दिनुभयो । प्रहरीले घरबाट पक्राउ गरेपनि भट्टा चौकबाट पक्राउ गरिएको बताएको छ ।

प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारका चालक कार्की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् । त्यहि कारणले प्रहरीले उनलाई ढिलो गरी पक्राउ गरेको भन्दै आलोचना भएको थियो । उनले मदिरा सेवन गरेर कार चलाएका बेला दुर्घटना भएको भनाई बाहिर आएको छ । तर, प्रहरीले तत्काल पक्राउ नगरेपछि उनले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्ट निस्प्रभावि हुने निश्चित छ । प्रहरीले कारमा रहेका पाँचजनामध्ये केहिसँग र मदिरा सेवन गरेको होटल एड्मायरका सञ्चालक पंकज साहसँग यस अगाडी बुझेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्