पर्याप्त डोज नआउँदा विराटनगर–९ मा खोप कार्यक्रम स्थगित

<span class='c1'>पर्याप्त डोज नआउँदा विराटनगर–९</span> <span class='c2'>मा खोप कार्यक्रम स्थगित</span>

विराटनगर । मापदण्ड तोकिएको उमेर समूहका नागरिकका लागि पर्याप्त खोप उपलब्ध नगराएको भन्दै विराटनगर–९ नम्बर वडाले खोप लगाउने कार्यक्रम बहिष्कार गरेको छ । महानगरपालिकाले कोटा अनुसारको खोपको डोज उपलब्ध नगराउँदा नागरिकलाई समस्या परेको भन्दै खोप कार्यक्रम नै बहिष्कार गरिएको हो ।

महानगरले ९ नम्बर वडालाई जम्मा ११९ डोज खोप मात्रै उपलब्ध गराएको वडा अध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो । महानगरले ६२ वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी गरेको थियो । त्यस बाहेक फ्रनटलाइनलाई समेत खोप उपलब्ध गराउनुपर्ने थियो ।
विराटनगर महानगरको ९ नम्बर वडामा बुधबार बिहानैदेखि खोप लगाउन भीडभाड भएका बेला महानगरले जम्मा १७ डोज खोप मात्रै पठाएपछि कसलाई लगाउने कसलाई नलगाउन भन्दै वडा अध्यक्ष भगतले खोप कार्यक्रम नै स्थगित गरेका हुन् ।

मंगलबार १०२ डोज खोप पाएको वडाले बुधबार १७ डोज मात्रै पाएको थियो । खोप लगाउन आउने नागरिक उतिकै भएकोले महानगरको खोपले नपुग्ने भएको हो । यता महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले जिल्ला प्रशासन कार्यालय मोरङसँग थप खोज डोज उपलब्ध गराउन पत्राचार गर्नु भएको छ । महानगरमा जम्मा ३ हजार ५४८ डोज खोप मात्रै उपलब्ध भएकोले त्यसको थप ५० प्रतिशत खोज डोज उपलब्ध गराईदिन माग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्