विराटनगर १५ का युवाहरु राहत वितरणमा

<span class='c1'>विराटनगर १५ का</span> <span class='c2'>युवाहरु राहत वितरणमा</span>

विराटनगर महानगरपालिकाको वडा नं १५ मा युवाहरुले मिलेर राहत वितरण सुरु गरेका छन् । धिरज मण्डलको नेतृत्वमा युवाहरुको समुहले चार चरणमा गरेर करिब १ सय ८० परिवारलाई राहत बाढेको हो । रामजानकी चौक , बाबाहल चौक, खत्वे टोल , भट्टा चौक लगायतका क्षेत्रमा राहत वितरण गरिएको धिरजले जानकारी दिनु भयो । उहाँले राहतमा चामल ५ केजि, दाल १ पाउ, आलु ३ केजी, १ पाउ सोयाबिन, नुन, भुजा बितरण गरेको बताउनु भयो ।

आपसमा उठाएर र केहि समाजसेवीहरुको सहयोगमा राहत वितरण गरिरहेको समुहले सामाजिक संजाल मार्फत समेत राहत संकलन गरिरहेको छ। ।

धिरजका साथै अभियानमा अमृत साह, अजय मण्डल, चन्दन मण्डल, राजन झा, रंजित मण्डल, अरबिन्द मण्डल र गणेश मण्डलको सहभागीता रहेको छ।

कसैलाई राहत आवश्यक परे आफुहरुलाई सम्पर्क गर्न सामाजिक संजालमा अपिल गरेपछि विराटनगरका अन्य वार्डका असहाय व्यक्तिहरुले समेत सहयोग माग्दै सम्पर्क गर्न थालेको धिरज बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्