वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

<span class='c1'>वर्षाका कारण राष्ट्रिय</span> <span class='c2'>राजमार्ग अवरुद्ध</span>

केही दिन यता निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले अहिले नौ सडक पूरै अवरुद्ध छ भने तीन सडक एकातर्फबाट मात्रै सुचारु रहेको छ ।
पूर्व–पश्चिम राजमार्गको गैडाकोट, धुस्सी सडक आज अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा जिल्लामा गौडेपुल, धुम्सी सडक र साँफेबगर–मार्तडी–कोल्टी सडक बार्जुगाड र बल्दे–अम्कोट सडक सोमबारदेखि अवरुद्ध भएको छ । त्यस्तै, डुम्रे–बेशीसहर–चामे सडक तिमाङ छहरामा गत १६ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । तानसेन–रिडि कोरला सडक पनि आज नै अवरुद्ध भएको छ ।

कणार्ली राजमार्गको कालाखाला सैन र दरबारे बोटखाला सडक खण्ड आज अवरुद्ध भएको छ । खोड्पे–चैनपुर सडक दोल्यामोड, कचाली पनि आज अवरुद्ध बनेको छ ।
डिभिजन सडक कार्यालयहरुले विभिन्न सडक खण्डमा सडक पूरै वा आंशिक रुपमा सुचारु गरिरहेको सडक विभागले जनाएको छ । कालीकोट जिल्लाको बालीघाट, धनाडा, भिग्म सडक, दैलेखको बाङ्गेसिमल, कालाखाला सडकखण्ड र सिद्धार्थ राजमार्गको सिपपलडाँडामा एकातर्फबाट सडक खुलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्