मोरङको कटहरी गाउँपालिका वडा नं. १ का किसानहरुलाई ५० प्रतिशत सरकारी अनुदानमाआधुनिक कृषि यन्त्र तथा उपकरण प्रदान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बुधबार कृषि ज्ञान केन्द्रद्वारा कटहरीका ५० जना किसानहरुलाई आधुनिक यन्त्र उपकरण प्रदान गरिएको हो । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यका साथ ज्ञान केन्द्रले धान ब्लक सञ्चालन समन्वय समितिमार्फत बुधबार २ जनालाई ईलेक्ट्रीक मोटर, ३ जनालाई पम्प सेट, १ जनालाई रिपर फोर जी, ३० जनालाई पावर स्प्रेयर, १० जनालाई पावर टिलर र ४ जनाकिसानलाई मिनि टिलर सहितका यन्त्र उपकरणहरु हस्तान्तरण गरेको छ । सरकारी अनुदान आवश्यक कृषि उपकरण पाएपछि स्थानीय किसानहरु पनि दङ्ग परेका छन् ।
ज्ञान केन्द्र मार्फत उपलब्ध गराईएको यन्त्र उपकरणहरु कुल ३० लाख ४० हजार मुल्यको रहेको छ । जसमध्ये सरकारी अनुदान स्वरुपयसको ५० प्रतिशत हिस्सा नेपाल सरकारले व्यहोरेको छ । किसानहरुलाई प्रदान गरिएको यन्त्र उपकरणले समय, परिश्रम र खर्चको बचत हुने धानब्लक सञ्चालन समन्वय समितिका संयोजक हरिनारायण माझीले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ज्ञान केन्द्र यसअघि पनि कटहरीका किसानहरुलाई सरकारी अनुदानमा धानको बिउ, जिङ्ग, बुम फ्लावर, जैविकबिषादी र मललगायतका सामाग्रीहरु उपलब्ध गराईसकेको छ ।