विराटनगर । गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालद्धारा विराटनगरमा रहेको कोशी अस्पताललाई ४ थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
करिब ४ लाख बराबर मुल्य पर्ने ४ थान पोर्टेवल भेन्टीलेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासलाई गोर्खा सेमेस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राई सहित ट्रष्टका पदाधिकारीहरुले उक्त सामाग्री हस्तान्त्रण गरेका हुन् ।
नेपालमा कोरोना माहामारीको कारण विरामीले अकाल मै ज्यान गुमाउन थालेपछि केही राहत मिलोस भनेर गोर्खा सेमिट्री ट्रष्ट हङकङ र सामाजिक अभियान्ता युकेश राई र संजय राई को विशेष पहलमा ५० थान पोर्टेवल भेन्टिलेटर नेपाल पठाइएको ट्रष्ट नेपालकी कोषाध्यक्ष रञ्जु राईले जानकारी दिनुभयो ।
नेपालको लागी ५० लाख बराबरको ५० पिस पोर्टेवल भेन्टिलेटर हङकङबाट पठाईएको ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले जानकारी दिनुभयो । ट्रष्टले अहिले सम्म गन्डकी प्रदेश , लुम्बुनी प्रदेश, प्रदेश नम्बर २ र हाल प्रदेश नम्बर एकमा पनि सो सामाग्री अस्पताललाई हस्तान्त्रण गरिएको अध्यक्ष राईले बताउनुभयो । अस्पताललाई आवश्यक परिहेको अवस्थामा गोर्खा सेमेट्री ट्रष्टले प्रदान गरेको पोर्टेवल भेन्टीलेटरले ठूलो राहत मिलेको बताउनुभयो । निवास्र्थ भावना स्वरुप अस्पताललाई प्रदान गरिएको सामाग्रीको सही सदुयोग गरेर आवश्यक परेको विरामीलाई प्रयोग गरिने दासले बताउनुभयो ।