नेपाल स्काउटको ७० औं वार्षिकोत्सव विराटनगरमा मनाउन सुरु

<span class='c1'>नेपाल स्काउटको ७० औं</span> <span class='c2'>वार्षिकोत्सव विराटनगरमा मनाउन सुरु</span>

नेपाल स्काउटको ७०औ वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगर महानगर स्काउट तदर्थ समितीले ३ चरणमा कार्यक्रम आयोजना गर्ने भएको छ । सो अनुसार आज पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत तदर्थ समितिले विराटनगर महानगरपालिकाको ३ वडाहरुमा बिहानको खाजा स्वरुप पाउरोटी र पानी वितरण गरेको छ ।
पहिलो चरणको कार्यक्रम समितिका संयोजक दिवस राजवंशी नेतृत्वमा आज वडा नं १ , २ र ३ मा पाउरोटी र पानी वितरण भएको थियो । आज २ सय ५० जनालाई पाउरोटी वितरण भएको थियो। यस कार्यक्रमलाई क्रमैसँग सबै वडामा संचालन गरिने पुरानो स्काउटर उमेश कटुवालले बताए ।

कार्यक्रम मा प्रत्येक वडाका वडाअध्यक्षहरुले उद्घाटन हुने गरेको छ । कार्यक्रममा जिल्ला स्काउट कार्यालय मोरङका संयोजक प्रदिप कुमार बिस्वास, पुर्व महिला तालिम आयुक्त राधा कार्की , वरिष्ठ स्काउटर गोविन्द कुमार गडेरी, जिल्लाका सदस्यहरु, बरिस्ठ स्काउटर रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । संयोजक राजबंशीले आगामी कार्यक्रमहरु पनि बनाईएको र यो लगतै दोस्रो तेस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्