विराटनगर सभापतिको लागि काँग्रेसका युवा नेतृत्वको दौडधुप

<span class='c1'>विराटनगर सभापतिको लागि काँग्रेसका</span> <span class='c2'>युवा नेतृत्वको दौडधुप</span>

विराटनगर । केन्द्रीय महाधिवेशनको मिति तय भएसँगै नेपाली काँग्रेसको उद्गमभूमि विराटनगर महानगरपालिकामा नेतृत्वको दावी र तयारी गर्नेहरुले दौडधुप सुरु गरेका छन् । प्रदेश १ को एकमात्र महानगरपालिकामा पार्टीको नगरसभापतिको नेतृत्व सम्हाल्ने दृढ ईच्छासहित आकांक्षीहरु क्रियाशिलको घरमा पुग्न थालेका हुन् । यद्यपी महानगरको क्रियाशिल सदस्यको यकिन टुङ्गो अहिलेसम्म लागिसकेको छैन । तर, पनि पार्टीमा योगदान गरेका आधारमा क्रियाशिल सदस्यता पाउने संभावित मतदाता फकाउन महानगरका पदाधिकारी आकांक्षीहरुलाई भ्याई–नभ्याई भएको हो ।

विराटनगर महानगरपालिकामा अहिलेका कार्यवहाक सभापति अरुण न्यौपाने, तरुणदलका पूर्व सभापति एवं अघिल्लो कार्याकालका पराजित सभापति दिपक चापागाँई, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सह–महामन्त्री कृष्ण कार्की र तरुण दलका नगरसभापति सन्तोष न्यौपानेको दावी छ । त्यस बाहेक महानगरका कोषाध्यक्ष प्रकाश दाहालले समेत नगरसभापतिमा दावी गर्दै आउनु भएको छ । धेरै आकांक्षी देखिएपछि मतदाताको घरमा पुग्ने र आफ्नो बारेमा बताउन नेताहरुले सुरु गरेका हुन् ।

दिनको १२ बजे भईसक्यो भर्खरै खाना खाने तयारीमा छु, प्रमुख आकाक्षी एवं हालका कार्यवहाक सभापति अरुण न्यौपानेलाई सोमबार फोन सम्पर्क गर्दा भन्नुभयो–पार्टीको महाधिवेश घोषणा भएकोले भ्याई–नभ्याई छ । महानगरमा एक कार्यकाल सदस्य र दोस्रो कार्यकाल कार्यवहाक सभापतिको जिम्मेवारी सम्माल्नु भएका न्यौपाने सामाजिक क्षेत्रमा समेत उतिकै क्रियाशिल मानिनुहुन्छ । न्यौपानेले आगामी महानगरको नेतृत्वमा नि:शर्त दावी गरिने र पार्टीको विराटनगर सभापतिमा निर्वाचित हुने घोषणा गर्नुभयो ।

पार्टीका कार्यकर्तादेखि नेतासम्मले आफूलाई महानगरको नेतृत्वमा ल्याउन चाहेको न्यौपानेको भनाई छ । सभापति भीम पराजुलीले दोस्रो कार्यकाल नगरसभापतिको जिम्मेवारी सम्हाल्ने क्रममा महानगरको मेयरमा निर्वाचित भएसँगै न्यौपानेलाई नगरको सभापतिको रुपमा अगाडी सार्नु भएको थियो । एकाथरीले मेयर पराजुलीले सत्ताको पहुँचलाई न्यौपानेलाई सभापति बनाउने गरि प्रयोग गर्ने गरेको आरोप समेत लगाउने गरेका छन् ।

यसैगरी विराटनगर केन्द्रीत रहेर २०४८ सालदेखि नेपाली काँग्रेसका विभिन्न भातृ संस्थामा राजनीतिक तथा सामाजिक गतिविधिमा जोडिनु भएका दिपक चापागाँईले समेत दोस्रो पटक नगरसभापतिको उमेद्वारी दिने तयारी गरिरहनु भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दलको नगरसभापति, पार्टी क्षेत्रीय प्रतिनिधि, आमन्त्रित जिल्ला सदस्यसम्म भईसक्नु भएका चापागाँईले अघिल्लो पटक समेत नगरसभापतिमा उमेदवारी दिनुभएको थियो । प्राविधिक रुपमा मैले नगरसभापति हारेपनि त्यसपछिका दिनमा काँग्रेसको सांगठानिक हितको काममा निरन्तर लागिरहेको छु, युवा नेता चापागाँईले भन्नुभयो–नगरसभापतिको सबैभन्दा प्रवल दावेबारको रुपमा तयारी गरिरहेको छु ।

राजनीतिक गतिविधिमा क्रियाशिल चापागाँईको सामाजिक क्रियाशिलतालाई धेरैले रुचाउने गरेका छन् । आग्रह–पूर्वाग्रह भन्दा बाहिर रहेर सामाजिक गतिविधि गर्ने व्यक्तिको रुपमा चापागाईलाई महानगरवासीले चिन्ने गरेका छन् । पार्टीको महाधिवेशन आउनु भन्दा अगाडीदेखि नै आफूले तयारी गरिरहेकोले यस पटक महानगरको सभापतिमा निर्वाचित हुने चापागाँईको बुझाई छ ।

यसैगरी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका कृष्ण कार्कीले समेत नगरसभापतिको दावी गर्दै आउनु भएको छ । राजनीतिक नेतृत्व, उद्योगी–व्यवसायी र प्रहरी-प्रशासनसँग नजिक रहेका कार्कीले काँग्रेस महानगरको सांगठानिक नेतृत्व हाक्ने आकांक्षा राख्नु भएको हो । कार्कीले आफ्नो दावीसहित लविङ गर्दै आएका छन् । सुरु गरिसकेकोले नगरको सभापतिको उमेद्वारीबाट पछाडी हट्ने संभावना कम रहेको छ । विद्यार्थीको स्कूल इकाईदेखि, क्षेत्रीय सभापति, महेन्द्र मोरङ क्याम्पस, जिल्ला हुँदै केन्द्रसम्मको नेतृत्व गरिसक्नु भएका काकी महानगरसभापतिबाट पार्टी राजनीतिमा हामफाल्ने मुडमा पुग्नु भएको हो ।

सालिन र इमान्दार मानिने महानगर तरुण दलका नगरसभापति सन्तोष न्यौपानकोे समेत पार्टीको नगरसभापतिमा दावी छ । समकालिन साथीहरुले लाभको पद पाईसक्दा समेत राजनीतिक र सांगठानिक क्रियाशिलतालाई निरन्तरता दिदैं आउनु भएका न्यौपानेले यस पटक नगरसभापतिमा उमेद्वारी दिएर पार्टीको नेतृत्व हाक्ने योजना रहेको सुुनाउनुभयो । अढाई वर्षदेखिको तयारीलाई आगामी साउनमा सार्थक बनाउने गरि पार्टीको गतिविधिमा क्रियाशिल रहेको न्यौपानेको दावी छ ।

विराटनगर महानगरपालिका भित्र ८ हजार ५०० देखि १० हजार हाराहारी संख्यामा क्रियाशिल सदस्य हुने अनुमान गरिएको छ । कार्यवहाक सभापति अरुण न्यौपानेका अनुसार आगामी साउन १२ गते गाउँ÷नगरस्तरको वडाहरुको नेतृत्व चयन हुनेछ । साउनको १६ गते गाउँपालिका÷नगरपालिकाको नेतृत्वका लागि नगर अधिवेशन हुने कार्यक्रम तय भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै आगामी भदौ ६÷७ गते हुने तय भएको छ । यद्यपी कतिपय तल्लोस्तरका कार्यकर्ताले महाधिवेशन हुनेमा विश्वास व्यक्त गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्