मोरङमा निषेधाज्ञा थपियो, अब १२ बजेसम्म कपडा,सुनचादी पसल पनि खोल्न पाईने

<span class='c1'>मोरङमा निषेधाज्ञा थपियो, अब १२ बजेसम्म</span> <span class='c2'>कपडा,सुनचादी पसल पनि खोल्न पाईने</span>

विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ ।

जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निर्णयबाट आगामी असार १४ गते सम्मलाई निषेधाज्ञाको समय बढाएको हो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जिल्लाभरि असार १४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको बताउनुभयो ।
यसअघि जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

निषेधाज्ञा अवधिभरि असारबाट शैक्षिक सत्र सुरु हुने भएकाले भौतिक दूरी कायम गरी पुस्तक पसल, कपडा , सुनचादी, सार्वजनिक निर्माणमा प्रयोग हुने हाडवयेर, विधुतिय पसल लगायत सबै प्रकारका पसल व्यावसायहरु विहान ५ बजेदेखी बिहान १२ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन मोरङले व्यवस्था गरेको छ ।
मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्थाअनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।

अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रजिअलाई अधिकार दिएको छ ।
कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्