विराटनगर । मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् ।
आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागी गम्भिर घाईते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको हो ।