खोपको व्यावस्था गर्नुपर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मीद्धारा मन्त्रीलाई ज्ञापन पत्र

<span class='c1'>खोपको व्यावस्था गर्नुपर्ने माग राख्दै</span> <span class='c2'>राष्ट्रिय सौन्दर्यकर्मीद्धारा मन्त्रीलाई ज्ञापन पत्र</span>

प्रेम देवान
विराटनगर । कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप यथासिग्र उपलब्ध गराउनुपर्ने माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रिय सर्कुलर अनुसार प्रदेश नम्बर एकमा पनि खोपको व्यावस्था लगायत ८ बुदे माग सम्बोधन गर्न प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।


राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल प्रदेश कमिटी र महानगर कमिटीले आईतबार सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापनपत्र बुझाएका हुन् । ८ बुदे ज्ञापन अन्र्तगत कोरोना माहामारीको समयमा तत्काल मुलुकभर रहेका छरिएर रहेका सौन्दर्यकला पेशामा आवद्ध श्रमिक महिलाहरुको लागी पेशा संचालन गर्नुपुर्व खोपको व्यावस्था गरिनुपर्ने ।
त्यसैगरी घरभाँडा सम्बन्धमा सौन्र्दयकलाकर्मीहरुका लागी विशेष राहत प्याकेज घरभाडामा सहुलियत सरकारको तर्फबाट उपलब्ध हुनुपर्ने । सौन्दर्यकलासँग सम्बन्धित व्यावसाय संचालन गर्नको लागी बैंकबाट लिएको ऋणको व्याज तिर्ने समय एक बर्ष लागी थप गरिनु पर्ने साथै व्याज रकममा छुटको व्यावस्था गर्नुपर्ने ।
साथै कोभिड १९ का कारण सौन्र्दयकला पेशा संचालन गर्न नसकि विस्थापित भएकाहरुलाई वैकल्पीक रोजगारीको व्यावस्था तथा निशुल्क सिपमुलक तालिमको व्यावस्था गरिनुपर्ने ।


सौन्र्दयकला पेशामा आवद्ध श्रमिक कोभिड १९ बाट संक्रमित भएकालाई निशुल्क औषधीको व्यावस्था हुनुपर्ने माग सहित ८ बुदे ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट) प्रदेश नम्बर १ का अध्यक्ष किशोर धमला , राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल (नाबुन) केन्द्रिय शिक्षा विभागकी सचिव ममता प्रधान , राष्ट्रिय सौन्र्दयकर्मी युनियन महानगर कमिटी पुर्व सचिव गंगा तामाङ र वर्तमान महानगर कमिटीकी सचिव भलि सुब्बा (गुरुङ )लगायतको सहभागीता रहेको थियो ।
यता सामाजिक विकास मन्त्री उषाकला राईले महिला श्रमिकहरुले पहिलो पटक यसरी आफु कहाँ आएर आफ्ना समस्या राखेको प्रति खुशी व्यक्त गर्दै सम्बन्धीत निकायमा ध्यानकर्षण गराउने बताउनुभयो । अहिलेको यो माहामारीको समयमा प्रदेशवासीको लागी समेत खोपको पहलका लागी व्यावस्थापन भईरहेको समेत राईले जानकारी गराउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्