विराटनगरमा अझै २१ सय बढि सक्रिय संक्रमित, यस्तो छ महामारीको अवस्था

<span class='c1'>विराटनगरमा अझै २१ सय बढि सक्रिय</span> <span class='c2'>संक्रमित, यस्तो छ महामारीको अवस्था</span>

विराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमा १८ जना पुरुष र २१ जना महिला छन् । यो सँगै अहिले विराटनगरमा २ हजार २ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २ हजार १ सय ८५ जना होम आईसोलेसनमा बसिरहेका छन् ।

यसै गरि आज ४६ जनाको पिसिआर स्वाब संकलन भएको छ भने हालसम्म ५ हजार ४ सय ४३ जनाको स्वाब संकलन गरिएको छ ।

महानगरमा दोश्रो लहरको कोरोना संक्रमणमा १० हजार २ सय ८२ जना कोरोना भाईरसको संक्रमणमा परेका छन् । जसमध्ये ७ हजार ८ सय ९ जना संक्रमणमुक्त भएका छन् । यसै गरि १ सय ३९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

आज कति जनाले संक्रमण जिते भन्ने तथ्याकं महानगरले उल्लेख गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्