चारवर्षमा सडकका खाल्डा नपुरिएको भन्दै ढाट लगाएर विरोधमा उत्रिए विराटनगर–२ मुनालमार्गमा स्थानीय

<span class='c1'>चारवर्षमा सडकका खाल्डा नपुरिएको भन्दै ढाट</span> <span class='c2'>लगाएर विरोधमा उत्रिए विराटनगर–२ मुनालमार्गमा स्थानीय</span>

विराटनगर । विराटनगर–२ को मुनालमार्गमा परेका खाल्डा पुर्न ढिलाई गरिएको भन्दै स्थानीय उपभोक्ताले बिहीबार सडकमै ढाट लगाएर सांकेतिक विरोध जनाएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको चारवर्षसम्म पनि मुनालपथ पूर्वको सडक निर्माणमा आनाकानी गरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै ढाट लगाएर विरोध गरेका हुन् ।
त्यहि मार्गमा हिजो राती बिजुली पोलमा आगलागी भएको थियो । त्यसले बिद्युत तथा इन्टरनेटको तार जलेर सेवा अवरुद्ध भएको थियो । ठूला सवारी साधन हिड्दा बारम्बार तार चुँडाउने र सेवा अवरुद्ध हुने गरेपछि बारम्बार स्थानीयले सडक निर्माण गरेर अग्ला पोल व्यवस्थापन गर्न माग गर्दै आएका थिए ।

तर, वडा अध्यक्ष कुमार पोखरेलले सधैं टार्ने गरेपछि आक्रोशित स्थानीयले ढाट कसेर सडक अवरुद्ध पार्दै विरोध जनाएका हुन् । विराटनगरको मध्य क्षेत्रमा सडकको अवस्था यस्तो दयनिय छ, स्थानीय युवा विज्ञान शर्मा चापागाँईले भन्नुभयो–बारम्बार ध्यानाकर्षण गराउँदा समेत नभएर सांकेतिक रुपमा ढाट लगाएर अवरुद्ध गरेका हौं ।
सडकमै ढाट कसेको सुनेपछि वडाका अध्यक्ष पोखरेल समेत त्यहाँ पुग्नु भएको थियो । स्थानीयसँग अध्यक्ष पोखरेलले उल्टै आक्रोस पोख्दै आफ्नो वडामा धेरै विकास भएको दावी गर्नु भएको थियो । स्थानीयले विकासको गति यहि हो ? भनेर प्रश्न गरेपछि तत्काल सडकमा माटोले पुर्ने प्रतिवद्धता जनाएपछि ढाट खोलिएको थियो ।

वडा अध्यक्ष पोखरेलले पानी रहेपछि सडक ग्राभेल गरिने बताउनुभयो । सडक भन्दा पनि बर्जर पेन्टको गाडीले तार चुट्याएकोमा रिसाएका हुन् स्थानीय, अध्यक्ष पोखरेलले भन्नुभयो–म आफैं गएर विरोध गर्नेहरुसँग भेटेर फर्केको हुँ, बर्जर पेन्टस्को गाडीले चुट्याएको तार उसैले उपलब्ध गराउने सहमति भएको छ ।
सांकेतिक विरोध मात्रै थियो, स्थानीय युवा विज्ञानले भन्नुभयो–जनप्रतिनिधिले गरेको प्रतिवद्धता पूरा हुने अपेक्षामा छौं नभए पुनः विरोधमा उत्रने छौं । त्यहि सडकका उपभोक्ता नेपाली काँग्रेस विराटनगर महानगरका कार्यवहाक सभापति अरुण न्यौपाने समेत हुनुहुन्छ । तर, न्यौपानेले समेत अहिलेसम्म कुनै चासो नदिएको भन्दै स्थानीयले उनको मूल्यांकन गर्नुपर्ने दिन आएपछि जवाफ माग्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्