विराटनगरको देवकोटा चौकमा ज्युँदो माछा विक्रि केन्द्र खुल्यो: विराटनगरको दोश्रो आउटलेट

<span class='c1'>विराटनगरको देवकोटा चौकमा ज्युँदो माछा विक्रि</span> <span class='c2'>केन्द्र खुल्यो: विराटनगरको दोश्रो आउटलेट</span>

विराटनगरको देवकोटा चौकमा विराट एकिकृत कृषि फार्म प्रा. लि.ले आफ्नो आठौं ज्युँदो माछा बिक्रि केन्द्रको सुरुवात गरेको छ। देवकोटा चौकको उक्त बिक्रि केन्द्रको उद्घाटन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मोरङ्ग एकाई प्रमुख बिनोद कुमार मण्डलले गर्नु भएको हो ।

विराट एकिकृत कृषि फार्मले उत्पादनदेखि बजारीकरणसम्मलाई एउटै प्रणालीमा जोड्ने लक्ष्य साथ मोरङ र सुनसरीका विभिन्न स्थानमा एकसय बिघा क्षेत्रफलमा माछा उत्पादन गरिरहेको विराट माछा फर्म प्रा.लि.ले विराटनगरमा विराट एकिकृत कृषि फार्म प्रा.लि.मार्फत दोश्रो बिक्री केन्द्र सञ्चालनमा आएको हो । यस अघि विराटनगरकै कंचनबारीमा समेत बिक्रि केन्द्र संचालनमा ल्याएको थियो । पोखरीदेखि भान्सासम्म सुद्ध माछाको प्रयोग बढाउने र सर्वशुलभ रुपमा हरेक घर घरका भान्सामा पुर्याउने चाहनाका साथ माछा बिक्री केन्द्रको संख्या थप्दै लिएर जाने योजना रहेको संचालक तथा कार्यकारी निर्देशक बिष्णु प्रसाद आचार्यले जानकारी दिनु भयो । आफ्ना सबै बिक्रि केन्द्रहरु बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने आचार्यले बताउनु भयो । पाँचजनाको समूहले ३२ करोड रुपिँयाको संयुक्त लगानीमा माछाका लागि आवश्यक पर्ने दाना उद्योगदेखि, उत्पादनका लागि पोखरी र खुद्रा तथा थोक बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । 
कार्यकारी निर्देशक बिष्णुप्रसाद आचार्यका अनुसार विराट माछा फर्म प्रा.लि.ले मोरङको कटहरी–७ तकिया, ग्रामथान–२ झोराहाट र सुनसरीको इनरुवास्थित गणेशपुर तथा बलाहमा १५० पोखरीमा माछा उत्पादन गर्दै आएको छ । माछा विशेषज्ञहरु समेत संचालक रहेको फार्ममा पंगास, रहु, नैनि, भ्याकुर, कमनकार्प, ग्रासकार्प, सिल्भरकार्प र उन्नत जातको टिलाफिया प्रजातिको माछा आफैं उत्पादन गरिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्