विराटनगरका यी क्षेत्र डुबान र डुबान जोखिममा, निकास खोज्दै स्थानीय

<span class='c1'>विराटनगरका यी क्षेत्र डुबान र</span> <span class='c2'>डुबान जोखिममा, निकास खोज्दै स्थानीय</span>

विराटनगर । लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका–८ का २६ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोला छेउको सुकुम्वासी बस्तीमा बाढी पसेपछि १२६ जना स्थानीय खोलाको डिलमा पाल टाँगेर सरेका हुन् ।

यसैगरी विराटनगर–१२ को बखरी, ब्रम्हापुरा दरैया, जुतवा, परोपकार घाट डुबानको जोखिमा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पछिल्लो दुईदिन यता परिरहेको पानीका कारण विराटनगरका धेरै क्षेत्रमा डुबान भएको छ । विराटनगरको दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको हो ।

महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन राजेन्द्र प्रधानका अनुसार वडा नम्बर १५ र १६, वडा नम्बर १, २, ७, ८ का खोला किनारा भू–भाग जोखिमा रहेका छन् । विराटनगर ६ ब्रम्हपुरामा जमिनमा पानीको सतह बढेको छ । पानीको निकास खोल्ने काम भईरहेको प्रधानले बताउनुभयो ।

विराटनगर–१५ को त्रिवेणी टोलमा डुबान हुँदा स्थानीयलाई समस्या भएको छ । स्थानीयवासी प्रकाश कर्णका अनुसार वर्षेनी यो समस्या भोग्न बाध्य त्यस क्षेत्रबा नागरिकको समस्या जनप्रतिनिधिले बुझ्नै मान्दैनन् । यसैगरी बुढीगंगा गाउँपालिका–१ गैरिटोल समेत डुबानको उच्च जोखिमा रहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार थप वर्षा परे जिल्लाका धेरै क्षेत्र डुबानको जोखिममा पर्नेछन् ।

जिल्लाकै सुनवर्षी नगरपालिका–७ मा बक्राहा खोलामा पानी वहाव बढ्दा पूर्वतर्फको किनारा कटान गरिरहेको छ । प्रहरी चौकी रमाईलोका अनुसार कानेपोखरी–रंगेली सडक खण्ड स्थित गेउरिय खोलामा बनाइएको अस्थायी बाईपास सडक भत्काएको छ । गेउरियामा पुल बनाउने काम भईरहेकोले सवारी आवातजावतका लागि होमपाइप लगाएर बनाइएको बाटो बगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्