मोरङमा सार्वजानिक–निजी सवारी सञ्चालन गर्न पाईने, शैक्षिक संस्था बन्द यथावत्

<span class='c1'>मोरङमा सार्वजानिक–निजी सवारी सञ्चालन गर्न</span> <span class='c2'>पाईने, शैक्षिक संस्था बन्द यथावत्</span>

विराटनगर । मोरङमा मंगलबारदेखि सार्वजानिक र निजी सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई असार २८ गतेसम्म लम्ब्याएपनि जोर–बिजोरका आधारमा सार्वजानिक सवारी सञ्चालन खुल्ला गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी राख्ने आदेश गर्नु भएको छ । दशौं पटक निषेधाज्ञा अवधि थप गरिएको मोरङमा विस्तारै सार्वजानिक दैनिकीलाई सहज स्थितिमा फर्काउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाका अनुसार सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने सोमबार बिहान बसेको सिसिएमको बैठकले निर्णाय गरेको हो ।

यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने पाउने छैन । संक्रमणको जोखिम यथावतै रहेकोले बालबालिका भेला हुने विद्यालय भने बन्द नै रहने भएका हुन् । बाँकी क्षेत्रमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेछ ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको छ । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्