बुढीगंगामा भएको दुर्घटनामा परेर विराटनगरका एकजनाको मृत्यु, चारजना घाइते

<span class='c1'>बुढीगंगामा भएको दुर्घटनामा परेर विराटनगरका</span> <span class='c2'>एकजनाको मृत्यु, चारजना घाइते</span>

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति कार दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर राति ११ः४५ बजेतिर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेर हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते आचार्यलाई उपचारका लागि विराटनगर अस्पताल लगिएको थियो। भेन्टिलेटर नभएको भन्दै विराटले रेफर गरिदिएपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ५ः१५ बजेतिर आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मा्ेरका इन्चार्ज चन्द्र खड्काले जानकारी दिनुभयो । ।

दुर्घटनामा परेर कार चालक बूढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरुको विराट र न्युरोमै उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्