विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले ४ जना छात्रवृति पाउँने विद्यार्थीलाई सम्मान गरेको छ । कजेलमा आज एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सुभम झा,प्रियस साह, रामकृष्ण यादव र मन्दीप थापा रहेका छन् । उनीहरु सवैलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकालगायत सञ्चालकहरु राजेन्द्रप्रसाद यादव, शुसिल भगत, सोम निरौलाले सम्मान गरेका थिए ।
सुभम र प्रियसले भारतिय सरकारले गरेको आईसिसिआरमा पूर्ण छात्रवृति पाए भने रामकृष्णले पूर्वाञ्चल विश्वविद्यालयले लिएको प्रवेश परिक्षामा प्रथम स्थान हासिल गरे । त्यस्तै मन्दिपले त्रिभुवन विश्वविद्यालय अन्तरगत पुल्चोक इन्जिनियरिङ कलेजले लिएको प्रवेश परिक्षामा ७६ औ स्थानमा नाम निकाले पूर्ण छात्रवृति पाएको कलेजका प्रिन्सिपल खडकाले जानकारी दिए ।
सवै जनाले इन्जिनियरिङमा नाम निकालेका कलेजले जनाएको छ । उनीहरु सवै शिक्षादिप कलेजका २०७५–७६ सालका ब्याचका विद्याथी रहेका छन् । आसिसिआरमा छात्रवृत्ति पाउने दुई विद्यार्थीले खान र बस्नसहित मासिक रुपमा १८ हजार ५ सय भारतिय रुपैयाँ पाउँने कलेजले जनाएको छ ।