सामर्थ्य समाज विराटनगरद्वारा ३५ जनालाई सहायक सामग्री वितरण,फोटो फिचर सहित

<span class='c1'>सामर्थ्य समाज विराटनगरद्वारा ३५ जनालाई</span> <span class='c2'>सहायक सामग्री वितरण,फोटो फिचर सहित</span>

विराटनगर

आकृति रानी फुयल

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार : हामि सबैको सरोकार भन्ने मूल उद्धेश्यका साथ विराटनगर र आसपासका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको समस्याहरुलाई ध्यानमा राखी विभिन्न संघ सस्थाहरुसंग समन्वय गर्दै अघि बढेको संस्था हो विराटनगरको सामर्थ्य समाज ।

उक्त संस्थाले हालै मात्र अपाङ्गता भएका व्यक्तिहरुको सवालमा जनप्रतिनिधिहरु र सरोकारवाला निकायहरुले खेल्नुपर्ने भूमिका विषयक एक अन्तरक्रिया तथा सहायक सामग्री वितरण कार्यक्रमको आयोजना गरि ३५ जना लाई आवश्यक साहायक सामग्री वितरण गरेको छ।

कार्यक्रमको प्रमुख अतिथिमा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली हुनुहुन्थ्यो त्यसैगरी कृष्ण गौतम,शुक्रराज पौडेल लगायत संस्थाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको संस्थाकी उपाध्यक्ष कल्पना खड्काले भनिन्।

लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको यस संस्थाले बिराटनगरस्थित अपाङ्ग महासंघ संग समन्वय गर्दै अन्तराष्ट्रिय स्तरको सरकारी संस्था युएसएआइडि, फेज नेपाल र ललितपुरस्थित स्वावलम्बन जीवन पद्दतिको संयुक्त सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष चेतनाथ पोखरेलले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्