रबिन्द्र बराल
रंगेली । मोरङको रंगेलीमा यस्तो घटना घटेको छ । जो कोहि ले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग हुन्छ । रंगेली नगरपालिका बडा नम्बर ७ का श्रीप्रसाद मुखियाले पालेका चारवटा गाईलाई मारिसकिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिरहेको भएपनि अहिलेसम्म कोहिपनि पक्राउ परेका छैनन् । श्रीप्रसाद रंगेली–७ को वडा कार्यालय नजिकै नगरपालिकाको जग्गामा बसोवास गर्दै आएका थिए । नगरपालिकाले जग्गा खालि गर्न भनेपछि उनले नजिकै नयाँ टोलमा रहेको आफ्नो निजी ६ कठ्ठा जग्गामा बसोवास बैशाखदेखि गाई ग्वाली सारेका थिए ।
नयाँ ठाँउमा ग्वाली बनाएर गत बैशाखदेखि नौ वटा गाई त्यहाँ स्याहार गर्दै आएका थिए । गत साउन ९ गते राति सोहि ग्वालीमा बाँधिरहेको ९ वटा गाईमध्ये दुईवटा गाईलाई रातिको समयमा गाईको मलद्वार र मुत्रद्वारमा बाँसको किला छिराएर घाइते बनाएको अवस्थामा भेटिएको थियो । अज्ञात समूहले ग्वालीमा लगाएको ताला फुटाएर गाई बाहिर निकालेर सखुवाको खम्बामा बाँधेर गाईको मुख, चार वटा खुट्टा बाँधेर, घाटिमा डोरी लगाएर पछाडीबाट खाँबो छिराएर घाइते बनाएका गाई २४ घण्टा भित्रै परेका थिए ।
उक्त घटाना सेलाउन नपाउँदै साउन ३० गते राति पनि श्री प्रसादले पालेका दुईवटा गाईलाई पनि त्यसैगरी घाइते बनाएर छाडेको अवस्थामा फेला परेका थिए । गत सोमबार समेत केही महिना पछि ब्याउनै लागेको गाई त्यस्तै अवस्थामा फेला परेको थियो । एउटा गाई भने घाइते अवस्थामा रहेको छ । घाइते गाई अहिले उग्राउन छाडेको, दिशा र पिसाव समेत गर्ने छाडेको तथा केही पनि खान नसक्ने भएको छ । पशु चिकित्सकले समेत गाई गम्भीर घाइते रहेकोले मर्न सक्ने बताएपछि श्रीप्रसाद भने चिन्तित बनेका छन् ।
पीडित किसान श्रीप्रसादले कुनै एकजनाले मात्रै गाईको यसरी हत्या गर्न नसक्ने दावी गर्नु भएको छ । आफ्नो कसैसँग मनमोटाव नभएकाले यसै भन्न नसक्ने बताउँदै आएका छन् । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले घटनाको अनुसन्धान भईरहेको बताउनुभयो । तर, घटना अन्त्यन्तै निकृष्ट ढंगबाट भईरहेको भन्दै प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको दावी छ । अनुसन्धान गरिपाउँ भनेर पीडित दिएको उजुरीका आधारमा प्रहरीले अहिले प्राविधिक रुपमा काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । एउटै प्रकृतिको घटना दोहोरिएका कारण प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्ने उहाँले बताउनुभयो ।

