धरानको कडा निषेधाज्ञा फिर्ता

<span class='c1'>धरानको कडा</span> <span class='c2'>निषेधाज्ञा फिर्ता</span>

विश्वविद्यालयको परीक्षा गराउने भन्दै धरान उपमहानगरपालिकामा भोलि शुक्रबारदेखि लागु हुने गरि घोषणा भएको कडा निषेधाज्ञा फिर्ता भएको छ ।
सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलबाट जारी सुचनामा धरान उपमहानगरपालिकाले पुनर्विचार गर्न अनुरोध गरे अनुसार सूचना जारी गर्दै निर्णय फिर्ता गरिएको हो । सूचनामा त्रीभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा विभिन्न तहका परीक्षा संचालन हुने भएकाले धरान उपमहानगरपालिकाले निर्णय पुनर्विचार गर्न अनुरोध गरेको उल्लेख भएको छ । यद्यपी निषेधाज्ञा घोषणा भएपछि धरानका व्यापारी तथा व्यवसायीहरुको चर्को विरोध भएको थियो । कडा निषेधाज्ञा हुने भएपछि आफुहरुलाई मार पर्ने बताउदै त्यसको विरोधमा धरानमा विरोध प्रदर्शन समेत भएको थियो ।

अत्याधिक विरोध पछि धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा आजै भएको सर्वपक्षिय बैठकबाट बन्द स्थगित गर्ने निर्णय गरेको थियो । यद्यपी कडा निषेधाज्ञा स्थगित गर्ने सूचनामा व्यापारीका कुरा उल्लेख नभई परीक्षालाई मात्र देखाईएको छ ।

केहि दिनयता धरानमा प्रत्येक दिन २५ जना भन्दा बढिमा कोभिड १९ को संक्रमण देखिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्