विराटनगरमा ट्राफिक प्रहरीसँग मिलेर ‘मास्क’ वितरण अभियान सुरु

<span class='c1'>विराटनगरमा ट्राफिक प्रहरीसँग मिलेर</span> <span class='c2'>‘मास्क’ वितरण अभियान सुरु</span>

विराटनगर

विराटनगरमा विभिन्न संघसंस्थाले ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य गर्दै अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको छ ।
पछिल्लो समय विराटनगरसहित प्रदेश १ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गर्दै नेपाल सोनार समाज सेवा समिति मोरङ र ग्यास व्यवसायी महासंघ मोरङले विराटनगरमा अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको हो ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन ट्राफिक प्रहरीसँग हातेमालो गर्दै अभियान सुरू गरिएको नेपाल सोनार समाज सेवा समिति मोरङका अध्यक्ष महेश कुमार स्वर्णकारले बताए । समाजले विराटनगरसहित विभिन्न स्थानमा पुगेर सडकमा हिँड्नेदेखि सवारी साधानमा चढ्ने सम्मलाई अनिवार्य मास्क लगाउन सचेतनाको जागरुक गराउँदै अभियान सुरू गरेको उनले जानकारी दिए ।

मोरङ ट्राफिक प्रहरीले पनि महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण बाहिर जान थालेको र पछिल्लो समय मास्क पनि नलगाइ हिडडुल गर्न थालेपछि सचेतना अभियानसँगै विराटनगरको ट्राफिक चौकमा ‘मास्क बैंक’ स्थापना गरि अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

माक्स लगाउँदा मात्र पनि कोरोना भाइरस संक्रमण केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने भन्दै प्रहरीले अनिवाय मास्क अभियान सञ्चालन हो । ट्राफिक प्रहरीले ट्राफिक चौक, हाटखोला, बसपार्कलगायतको विभिन्न चौकहरूमा अनिवार्य मास्क लगाउने अभियान सुरू गरेको छ ।

विभिन्न सामाजिक संघसंस्था र प्रहरीको सुरू गरेको अनिवार्य मास्क अभियान धेरै सकारात्मकरुपमा भएको विराटनगर ९ का वडा अध्यक्ष विश्वनाथ भगतले बताए । प्रहरी र सामाजिक संस्थाले थालेको यस अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने भगतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्