इक्यानको वार्षिकोत्सव प्रदेश १ मा सम्पन्न

<span class='c1'>इक्यानको वार्षिकोत्सव प्रदेश</span> <span class='c2'>१ मा सम्पन्न</span>

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ बार्षिक उत्सबको अवसरमा इक्यानको शाखा कार्यालय " इक्यान पुर्वान्चल " ले विविध कार्यक्रम गरि भब्यताका साथ रजत जयन्ति मनाएको छ।

उक्त २५ औ बार्षिक उत्सबको अवसरमा बिराटनगर , इटहरी र धरानका केहि संस्थाहरुमा अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरि क्रमशः बिराटनगर १ स्थित सयपत्री परोपकार आधारभुत बिध्यालयमा आवस्यक बोर्ड तथा सिलिङ पङ्खाहरु त्यसैगरु इटहरी ४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिका हरु लाई खाद्यान्न हस्तान्तरण साथै धरान ३ स्थित भानु स्मृति माबिमा आवस्यक वाल पङ्खाहरु हस्तान्तरण गरि भब्यताका साथ सु-सम्पन्न गरियो।

इक्यान पुर्वाण्चलका अध्यक्ष श्री रोशन शर्मा निरौलाको अध्यक्षता मा भएको कार्यक्रम बिराटनगरबाट सुरु भएको कार्यक्रम इटहरी हुदै धरानमा सम्पन्न भएको थियो। कार्यक्रम बृहत रुपमा मनाउने सोच हुदाहुदै कोरोना कहरका बिच कार्यक्रम सम्पन्न गर्नुपर्ने बाध्यत्मक परिस्थिति लाई मध्यनजर गर्दै इक्यान पुर्वाण्चाल्का पदाधिकारी हरु मात्र उपस्थित रहेर उक्त कार्यक्रम सम्पन्न गरिएको भनि इक्यान पुर्वाण्चल का उपाध्यक्ष श्री प्रकाश लकन्द्रीले जानकारि गराउनुभयो।

एस्तो बिषम परिस्थिति मा पनि आफ्नो बार्षिक उत्सब का बेला अत्यावश्यक सामग्री हस्तान्तरण गर्नुभएको मा सबै सस्था का पदाधिकारीहरुले खुसि हुदै आभार प्रकट गर्नु भएको थियो। आगामि दिनहरुमा पनि यसरि नै सामाजिक उत्तरदायित्व पुरा गर्ने भनि कोशाध्यक्ष श्री दिपक गौतम ले जानकारी गराउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्