विराटनगर
विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ ।
बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो ।
कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भुसले छोपेर राखेको अवस्थामा ३ केजी भन्दा बढी बरामद गरेको थियो ।
कामत २ दिनदेखी प्रहरी अनुसन्धानको लागी नियन्त्रणमा रहेका थिए । अनुसन्धानको क्रममा रहेका कामत अचानक बिरामी भएपछि अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
थप यसबारे वृस्तीत रुपमा जानकारी आउन बाकी छ ।