विराटनगर
विराटनगरको चर्चित फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने जानकारी दिएको छ । क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साह जनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मनाउने भएको हो।
प्रत्येक वर्षको भाद्र २६ गते आफ्नो वार्षिकोत्सव मनाउदै आएको क्विकर फुडले यस वर्ष पनि ग्राहकहरुलाई अनेकौ अफर तथा छुटहरुका साथै रु २ लाख सम्मको पुरस्कार प्रदान गर्ने योजना अघि सारेको हो ।
यस अवसरमा क्विकर फुडले भायानेट कम्युनिकेसन, हुलास फुड्स, डिभाईन वाईन, एनआईसी एशिया बैंक, जीवन विकास डेरी, औरा सेफ, म्याग्ना बियर, टुबोर्ग बियर, एसेसोरिज पसल, माला बिड्स, खल्ती, कोकाकोला, फुडग्रेन्स जस्ता देशकै बहुप्रतिष्ठित ब्रान्डहरुसँग सहकार्य गरिरहेको छ।
यस अवसरको मुख्य आकर्षण मेगा गीभअवे अन्तर्गत एक जना भाग्यसाली ग्राहकले एक वर्षको भायानेट ईन्टरनेट प्याकेज प्राप्त गर्नेछन् भने क्विकर फुड मार्फत वर्षभरी सित्तैमा अर्डर गर्न सक्ने सुविधा पाउनेछन् । साथै अन्य सहयोगी ब्रान्डहरुका सामाग्री खरिदमा छुट तथा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको कम्पनीका म्यानेजर क्षितिज गौतमले बताउनु भयो ।
उहाँले १५ दिनको अवधीमा क्विकर फुडबाट अर्डर गर्दा भुक्तानीको लागि खल्ती एप प्रयोग गरे रु १०० सम्मको हुने गरि १० प्रतिशत रकम फिर्ता आउने तथा एनआईसी एशियाको मोब्याकं प्रयोग गर्दा रु ५ सय सम्मको सिमित छुट हुने गरि २० प्रतिशत रकम फिर्ता आउने व्यवस्था गरिएको छ । यसका साथै विराटनगरका पुर्वान्चल बेकरी, आमाज बेकरी, आमाज ब्याकयार्ड, शुभ बेंकट, ट्रुली टेस्टी, ह्यासट्याग फुड एन्ड बार, पिजफायर क्याफे, टेम्पटेसन रेष्टो एन्ड बार जस्ता विभिन्न चर्चित रेस्टुरेन्ट तथा बेकरीहरुबाट अर्डर गर्दा विभिन्न छुटको समेत व्यवस्था गरिएको गौतमले बताउनु भयो ।
देशका चर्चित बहुब्रान्डहरु एकै उत्सवका लागि जोडिरहँदा विराटनगरवासीले भाद्र १९ देखि असोज २ गतेसम्मको अवधीमा यस अवसरबाट लाभान्वित हुने देखिन्छ ।
यहाँका विभिन्न रेस्टुरेन्ट र बेकरीका स्वादिष्ट परिकारहरु विगत दुईवर्षदेखि डेलिवरी गर्दै आएको क्विकरफुडले कोरोना भाईरस महामारीको कारण भएको लकडाउनको समययता फलफुल, तरकारी, दुग्ध सामाग्रीका साथै दैनिक खाद्यवस्तु समेत सुरक्षित रुपमा डेलिवरी गर्दै आएको छ ।
गौतमले वार्षिकोत्सवका अफरहरुमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले प्लेस्टोर तथा एप्पल मोबाईल प्रयोगकर्ताले एपस्टोरबाट क्विकरफुडको मोबाईल एप डाउनलोड गरेर आफुलाई मन परेका खाद्य सामाग्री अर्डर गरि सहभागी हुन सक्नेछन् । साथै अफर सम्बन्धी जानकारीहरु क्विकरफुडको फेसबुक तथा ईन्स्टाग्राममा जोडिएर पनि लिन सकिनेछ ।