देश फेरिए पनि सपना फेरीएन: यसरी खुल्यो तनस्का

<span class='c1'>देश फेरिए पनि सपना</span> <span class='c2'>फेरीएन: यसरी खुल्यो तनस्का</span>

भारतको बंगालबाट विवाह गरि विराटनगर आई पुग्नु भएको बनिशा शर्माले आफुसँगै ल्याएको सिपलाई कसरी प्रयोग गर्ने भन्ने दोधारको समाधान निकाल्दा स्थापना भएको व्यवसाय हो तनस्का ।
व्यवसाय सुरु गर्ने सोचसँगै विराटनगर वडा नम्बर ३ पिपल चौक राजमार्गमा रहेको भवनको माथिल्लो तल्लामा सुन्दर ईन्टेरियरका साथ सुरु भयो तनस्का फेसन स्टुडियो ।
सुन्दर फेसन स्टुडियो भित्र प्रवेश गरेपछि देखिने सबै डिजाईनर पहिरनहरु बनिसाले नै डिजाईन गर्नुभएको हो ।

बनिशा आँफै डिजाइनर हुनुहुन्छ । उहाँले एनआइएफटि कोलकाताबाट फेसन डिजाइनिंगमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । साथै भारतको प्रख्यात फेसन डिजाइनर शब्य्साची मुखर्जीसँग काम समेत गर्नु भएको छ ।
माईत भारतमा रहँदाको यो पौरख उहाँले नेपालमा पनि देखाउने चाहनाका साथ सुरु भएको व्यवसायका बारेमा बताउदै बनिशा भन्नु हुन्छ : ‘तनास्का एउटा ब्राण्ड हो र हामी ग्राहकको चाहना बमोजिम उहाँहरुले नै रोज्नु भएको फ्याब्रिक प्रयोग गरि पहिरन डिजाइन गर्नु हाम्रो उद्देश्य हो ।’

तनस्कामा ग्राहकहरुले अन्य तिर भन्दा धेरै भिन्न अनुभव दिनु आफ्नो सोच रहेको बनिशा बताउनु हुन्छ । पार्टी वा अन्य कुनै अवसरमा अरु भन्दा फरक देखिन चाहेमा त्यहि अनुरुपको पहिरन डिजाइन गर्न सकिने उहाँ बताउनु हुन्छ । साथै तनस्काबाट तयार भएर ग्राहकलाइ दिईसकेको पहिरनको एउटै डिजाईन पुन: अरु कसैलाई दोहोर्याएर नदिने सोच रहेको बनिशा बताउनु हुन्छ । यसले आफुले डिजाइन गराएको कपडाको डिजाइन अरु भन्दा फरक भएको महसुस ग्राहकले गर्न सक्नेछन् ।

साथै अन्य बुटिकहरुमामा ग्राहक आँफैले लगेको डिजाइन जस्ताको त्यस्तै बनाउने गरेको भएपनि तनास्का फेसन स्टुडियोमा ग्राहकको डिजाईन नभई आइडियालाइ आधार मानेर आकर्षक डिजाइनमा पहिरन तयार गरेर दिने बनिशा बताउनु हुन्छ ।

तनश्कामा नेपाली पहिरन, चौबन्दी चोलो, दौरा सुरुवाल, सारी, लेहेंगा देखि सबै प्रकारका पहिरनहरुको डिजाइन गर्ने बनिशाले जानकारी दिनु भयो ।
आफुले हातबाट बुनेर छुट्टै र मेसिनको प्रयोग गरेर समेत पहिरनहरु तयार पार्ने संचालक बनिशाले बताउनु भयो । नेपालका विभिन्न जातजाती तथा साँस्कृतिक पहिरनमा प्रयोग गरिने मौलिक कच्चा पदार्थ , धागो र कपडाहरुको नै प्रयोग गरि आधुनिक पहिरनहरु डिजाइन गर्ने गरेको उहाँ बताउनु हुन्छ ।

सानै उमेरदेखि यस क्षेत्रमा लाग्ने उहाँको ईच्छालाई परिवारले पुर्ण रुपमा साथ दिएको छ । आफ्नो क्षमता र परिवारको साथले हौसिएको उहाँको चाहना स्टुडियो खोल्नेमा मात्र सिमित छैन । अरु देशहरु भन्दा हाम्रो देश नेपाल फेसन जगतमा धेरै पछाडी रहेकोले निकट भविष्यमा फेसन, टेक्सटाइल मर्चेन्डैजिंग आदिका बिषयमा यहाँ पनि नयाँ क्षमतावान पुस्ता तयार पार्नका लागि फेसन डिजाइनिंग ट्रेनिंग इन्स्टिच्युट नै स्थापना गर्ने योजना रहेको संचालिका बनिशा शर्मा बताउनुहुन्छ ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्