विराटनगरस्थित जिल्ला अदालत परिसरमा कारको ठक्कर, महिलाको मृत्यु

<span class='c1'>विराटनगरस्थित जिल्ला अदालत परिसरमा</span> <span class='c2'>कारको ठक्कर, महिलाको मृत्यु</span>

विराटनगर । जिल्ला अदालत मोरङको परिसरमै सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । विराटनगरस्थित अदालत परिसरमा कारको ठक्करबाट ४५ वर्षकी लक्ष्मी दाहालको मृत्यु भएको हो ।

बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका एसपी जनार्दन जिसीका अनुसार जिल्ला अदालत मोरङको ५ नम्बर इजलासका न्यायाधीश इश्वर पराजुली चढ्ने कारले ठक्कर दिएको हो । कारका चालक न्यायाधीश पराजुलीका पिएसओ बिन्दकुमार सिंह रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्