बिराटनगरबाट १० केजी गाँजासहित १ जना पक्राउ

<span class='c1'>बिराटनगरबाट  १० केजी</span> <span class='c2'>गाँजासहित १ जना पक्राउ</span>

बिराटनगर।

बिराटनगर महानगरपालिका ४ कन्चनबारीबाट मोरंग प्रहरीले १० केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाउ◌ँपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् ।

राईलाई हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्