विराटनगर ।
विराटनगर महानगरपालिका ७ कोशी अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी बर्ष ३५–४० उमेर समूहका एकजना पुरुष मानिस मृत अवस्थामा फेला परेका छन् ।
अस्पताल परिसरमै मृत फेला परेका व्यक्तिको पहिचान नखेलेपछि प्रहरीले तस्वीरसहित सूचना सार्वजानिक गरेर आफन्तको खोजी सुरु गरेको हो । मृतक व्यक्तिको लास कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।