आधुनिक प्रविधीयुक्त लौन्ड्री म्याजिक वासरले दोश्रो वार्षिकोत्शव विशेष छुटका साथ मनाउंदै

<span class='c1'>आधुनिक प्रविधीयुक्त लौन्ड्री म्याजिक वासरले दोश्रो</span> <span class='c2'>वार्षिकोत्शव विशेष छुटका साथ मनाउंदै</span>

आकृति रानी फुयल |

विराटनगर। विराटनगर ७ स्थित मिलन चोकमा संचालनमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रालीले विराटनगरको पहिलो आधुनिक प्रविधीयुक्त लौन्ड्रीले दोश्रो वार्षिकोत्शव विशेष छुटका साथ मनाउंदै छ।

आवर विराटनगर संग कुरा गर्दै लण्ड्रि संचालक नोमस चापागाईं भन्छन्,' दोश्रो वार्षिकोत्शव मनाउदैं गर्दा हामीले आफ्ना ग्राहकहरुलाई न्युनतम शुल्कमा सेवा दिने उद्धेश्यले प्रत्येक लण्ड्रि एण्ड क्लिनिङ्ग सेवामा अशोज २ -५ गते सम्मलाई ५ % छुटको व्यवस्था गरेका छौं '।

नविनतम आधुनिक प्रधिवीयुक्त मेसिनद्धारा धुलाई र गुणस्तरीय र वाताबरणमैत्री रसायन प्रयोग गरि लुगा धुने व्यावस्था रहेको म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेजको मुख्य फ्याक्ट्री भने मिलन चोकमा छ तर यसको कलेक्शन सेन्टर भने टंकिसिनवारी, वन विभाग, ठुलोमिल चोक, पुष्पलालचोक, बासबारी ,पिचरा लगायत विराटनगरका विभिन्न स्थानमा कलेक्सन सेन्टरहरु थप गर्दै आफ्नो व्यवसायलाई विराटनगरभीत्र मात्र नभई सो आसपासका शहरहरुमा पनि कलेक्शन सेन्टरहरुको सेवा बिस्तार गर्ने योजनाका साथ आफुहरु अघि बढेको उनले जानकारी दिए।

म्याजिक वासरले होटेल ,होस्टेलका कपडा मात्र नभएर निजि तथा व्यापारिक क्षेत्रसंग बाट संकलन गरिएका कपडाहरु दाग नलागोस भनेर फिल्टर गरिएको पानीले कपडा धुने व्यावस्था गरेको संचालकले बताए । साथै आफ्नो लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेजमा प्रविधीयुक्त मेसिनको प्रयोगद्धारा धुने, सुकाउने र आइरन समेत गरिने व्यावस्था रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्