विराटनगरमा पछिल्लो चौबिस घन्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल विराटनगरमा २ हजार ८ सय ७२ सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाभरीमा ५ सय भन्दा बढि संक्रमित भए रेडजोनमा राखेर उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । यद्यपी विराटनगर महानगर भित्रै २८ सय भन्दा बढि संक्रमित हुँदा पनि सर्वसाधारणले सावधानी अपनाएको देखिदैन । बजार तथा परीक्षा केन्द्रहरुमा स्वास्थ्य मापदण्ड विपरित मानिसहरुको भिड देखिएको छ भने विराटनगर महानगर भित्र विद्यालय समेत संचालन भईरहेका छन् ।
विराटनगर महानगरपालिकाको तथ्यांक अनुसार दोश्रो लहरको कोरोना भाईरसबाट १४ हजार २ सय ९४ जना संक्रमित भएका छन् भने ११ हजार २ सय ४५ जना निको भएका छन् । दोश्रो लहरमा मात्र विराटनगरमा १ सय ७७ जना संक्रमितको मृत्यु भएको छ ।