विराटनगरका सडकमा: राजतन्त्रको समर्थनमा गणतन्त्र विरोधी नारा !

<span class='c1'>विराटनगरका सडकमा: राजतन्त्रको समर्थनमा</span> <span class='c2'>गणतन्त्र विरोधी नारा !</span>

विराटनगर ।

आकृति रानी फुयल।

आज असोज ३ अर्थात हाम्रो देशले आफ्नो मूल कानुन संबिधान पाएको दिन। संबिधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिने गरेको छ । यस अवसरमा देशैभर बिभिन्न कार्यक्रमहरु गरि आजको दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। तर, देशले संविधान पाएको सात वर्ष बितिसक्दा पनि केहि समूहहरु यसको विरोधमा उभिएको भने देख्न सकिन्छ।

विशेष गरि मधेशवादी दलहरुले संविधान दिवसको दिनलाई कालो दिनको रुपमा विरोध जनाउदै आएका छन् । तर, उनीहरुले संविधानमा संशोधन गरेर मधेश केन्द्रीत मुद्दा समेट्नु पर्ने मागसहित संविधानको परिधि भित्रै रहँदै आएका छन् ।

संविधानमा नेपालका मूल राजनीतिक दलहरुको एक ठाउँमा भएपनि विराटनगरमा भने सातौं संविधान दिवसको दिन पारेर भूमिगत शैलीमा गणतन्त्र विरोधी र राजतन्त्रको समर्थनमा सडकमा नारा लेखिएको छ ।

गएराति सडकमा गणतन्त्रको विरोध गर्दै राजतन्त्र समर्थित नारा लेखिएको भन्दै सामाजिक संजालमा तस्विरहरु देखिएका छन् । विराटनगरको कलेज रोडको सडकमा ‘गणतन्त्र मुर्दाबाद , राजतन्त्र जिन्दावाद’ नारा लेखिएको हो । यस विषयमा बुझ्दा शिवसेना नेपाल मोरंगले उक्त नारा आफुहरुले लेखेको बताएको छ।

यो विरोध कार्यक्रम बिराटनगरमा मात्रै हैन पूर्वका इलाम , झापा, मोरग ,सुनसरीका विभिन्न ठाउं लगायत देशव्यापी रुपमा गरिएको छ।’ आवर विराटनगरसँग कुरा गर्दै शिव सेना नेपाल मोरंग जिल्ला अध्यक्ष सतिस पोखरेलले भने, ‘२०७२ सालमा जारि गरिएको संबिधानको विरोध स्वरुप यस्ता पर्चा सहितका नारा लेखि छाडेका छौं ।’

सडकमा नारा लेख्नुका साथै पूर्वाञ्चलवासी देशभक्त नेपाली जनता भनेर छाडीएको पर्चामा ‘गणतन्त्र मुर्दाबाद , राजतन्त्र जिन्दावाद, २०७२ संविधान खारेज गर ,२०४७ संविधान जारि गर ! लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्