माओवादी नेतृत्वले नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको अन्त्य गरेको हो : पञ्चा सिंह

<span class='c1'>माओवादी नेतृत्वले नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको</span> <span class='c2'>अन्त्य गरेको हो : पञ्चा सिंह</span>

विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताउनुभएको छ ।

सोमबार अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी नेतृत्वले गर्दा नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको अन्त्य भएको बताउनुभयो । उहाँले माओवादी नेतृत्वले नै मुलुकमा समावेशी र समानुपातिक निति स्थापित गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुुहुँदै राष्ट्रिय सभा सदस्य गोपी अछामीले शिक्षामा भईरहेको निजीकरणको अन्त्य तथा प्रविधिमा आधारित गुणस्तरीय शिक्षाको व्यवस्थाका लागि पार्टी केन्द्रित भईरहेको बताउनुभयो । उहाँले यसका लागि तयार आवश्यक कार्ययोजना बमोजिम पार्टी अघि बढिरहेको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादीका मोरङ जिल्ला संयोजक गणेश उप्रेतीले निजी विद्यालयमा हुने पार्टीका नेताहरुको लगानीले विद्यार्थी संगठन समेत दुषित बन्दै गएको टिप्पणी गर्नुभयो । अखिल क्रान्तिकारीको शैक्षिक अभियानको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरु नै शिक्षालाई निजीकरण गर्ने बिषयमा सहयोगी बन्नु दुर्भाग्यको बिषय रहेको तर्क गर्नुभयो ।

अखिल क्रान्तिकारी मोरङको नयाँ नेतृत्व चयनका निम्त्ति सोमबार आयोजित कार्यक्रममा भने नेकपा माओवादी मोरङका सह–ईन्चार्ज तथा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, जिल्ला सचिवालय सदस्य ईश्वरी आचार्य, जिल्लाको विद्यार्थी विभाग प्रमुख सुमन कालीकोटे र महानगर सचिव नमिता न्यौपाने सहित ताजिम अन्सारी, दिपेन्द्र मेहता, धर्मेन्द्र ऋषिदेव र अमर मण्डल लगायतका विद्यार्थी नेताहरुको सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्