नेपाली काँग्रेस महाधिवेशन: अपाङ्गता भएका दुईजना मोरङमा सर्वसम्मत निर्वाचित

<span class='c1'>नेपाली काँग्रेस महाधिवेशन: अपाङ्गता भएका</span> <span class='c2'>दुईजना मोरङमा सर्वसम्मत निर्वाचित</span>

विराटनगर।

आकृति रानी फुयल।

नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत वडा तथा क्षेत्रीय अधिवेशनमा अपाङ्गता भएका दुईजना सर्वसम्मत निर्वाचित भएका छन् । राजनीतिमा अपाङ्गता भएका व्यक्तिले समेत आफ्नो संलग्नता बढाउन उमेद्वारी दिएका मध्ये दुईजना सर्वसम्मत भएका हुन् ।

मोरंग जिल्ला बुढीगंगा गाउँपालिका १ मा सम्पन्न भएको कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत बुढीगंगा निवासी पूर्ण शारीरिक अपाङ्गता भएका ३८ वर्षीय होमराज पराजुली क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्था सामर्थ्य समाज विराटनगरमा कोषाध्यक्षका रुपमा आवद्ध रहेका छन्। साथै उनले आउँदा दिनहरुमा अपाङ्गताहरुका समस्याहरुलाई उठान गर्न सदैव आफु तत्पर रहने बताएका छन्।

त्यसैगरी विराटनगर महानगरपालिका वडा नम्बर २ को चुनावमा पूर्ण दृष्टिविहीन अपाङ्गता भएका अर्का उम्मेदवार वर्ष २७ का सौहार्द कोइराला पनि सर्वसम्मतबाट मंगलबार निर्वाचित भएका छन् । आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन्, ' मोफसलमा हेर्ने हो भने राजनीतिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच कम छ त्यसमा आफुले सानो भूमिका खेल्न पाएकोमा अत्यन्त खुशी लागिरहेको छ' ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्