‘ब्यालेट पेपर’ मा उमेदवारको नाम छुटाएपछि विराटनगर–६ को वडा अधिवेशन स्थगीत, मतदान अधिकृत फेर्नुपर्ने माग

‘ब्यालेट पेपर’ मा उमेदवारको नाम छुटाएपछि विराटनगर–६ को वडा अधिवेशन स्थगीत, मतदान अधिकृत फेर्नुपर्ने माग

विराटनगर । नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम ब्यालेटमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबार लागि सारिएको हो ।
मतदान अधिकृत डिल्ली दाहालले भने क्रियाशिलले लगाएको आरोपको खण्डन गर्नु भएको छ । मनोनयनपत्र र रजिष्टरमा उल्लेख गरिएको नामका आधारमा ब्यालेट बनेको छ, मतदान अधिकृत दाहालले भन्नुभयो–मनोनयन नै नगरेका व्यक्तिहरुले आफू पनि उमेद्वार भएको दावी गरेर निर्वाचन रोक्नु परेको हो ।

विराटनगर–६ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालयमा बुधबार बिहान ८ः३० बजेदेखि मतदानको समय तोकिएको थियो । त्यसैका आधारमा सूचना प्रकाशित भएपछि काँग्रेसका क्रियाशिल सदस्यहरु मतदानस्थलमा आईपुगेका थिए । तर, मतदान अधिकृतसहितको टोलि भने दिउँसो ३ः३० मिनेटमा मात्रै मतदानस्थलमा आईपुगेको काँग्रेसका युवा प्रकाश मण्डल (भोला)ले जानकारी दिनुभयो । झण्डै ५० वटा मत खसिसकेपछि उमदेवारको नाम समावेश नगरेको पाइएपछि विवाद सुरु भएको थियो ।

विवादपछि आक्रोशित भिडले मतदान अधिकृतमाथि आक्रमणको प्रयास गरेका थिए । उनलाई कोठामा थुनेर प्रहरीले बाहिरी घेराबाट सुरक्षा दिएको थियो । यसैगरी मतदान अधिकृत भएको कक्षमा समेत प्रहरी खटाइएको थियो ।
मनोनयन गरिएकामध्ये १० जना भन्दा बढी उमेद्वारको नाम बिनाकै ब्यालेट बनाएको आरोप मतदान अधिकृतलाई छ । कसैको तीन ठाउँमा नाम छ, कसैको छैन, मण्डलले भने–मतदान अधिकृत भएपछि लापर्वाही गर्न मिल्दैन । मतदाताले मतदान अधिकृत समेत फेर्नु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्