ज्यान मार्ने उद्योग मुद्दाका ३ फरार प्रतिबादी पक्राउ

<span class='c1'>ज्यान मार्ने उद्योग मुद्दाका ३</span> <span class='c2'> फरार प्रतिबादी पक्राउ</span>

बिराटनगर।

ज्यान मार्ने उद्योग मुद्दामा कैद फैसला भई फरार रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

पक्राउ पर्नेहरुमा सम्मानित जिल्ला अदालत सुनसरीको विभिन्न मितिको फैसला आदेशले जनही ५ बर्ष कैद सजाय तोकिएका मोरङको केरावारी-५ का ३३ बर्षिय हिमाल लिम्बू, ३५ वर्षिय अर्जुन कुवर र धरान उपमहानगरपालिका-६ का ३३ बर्षिय अम्बर तामाङ रहेका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा कैद फैसला भएता पनी हाल सम्म फरार रहदै आएका उनिहरुलाई प्रदेश नम्बर १ प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान रिट) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी क्षेत्रीय कारागार झुम्का पठाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्