रोकीएको पिकअप पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु

<span class='c1'>रोकीएको पिकअप पछाडी सर्दा किचेर सोही</span> <span class='c2'>गाडीमा सवार एक जनाको मृत्यु</span>

विराटनगर।

इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइमा रोकी राखेको पिकअप गाडी पछाडी सर्दा किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर कुमार तामाङ रहेका छन् । इलाम बजारबाट हिजो बेलुका पौने ७ बजे सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

पिक अप र चालक इलाम सन्दकपुर गाउँपालिका १ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्