झापाको छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

<span class='c1'>झापाको छुट्टा छुट्टै स्थानबाट ब्राउन</span> <span class='c2'>सुगर सहित ३ जना पक्राउ</span>

विराटनगर।

झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ८ बजे अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थित एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ६ ग्राम ७०० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी हिजो दिनको साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सिंहलाई मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

साथै पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्