विराटनगर ।
सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा उनको हिजो दिउँसो साढे ३ बजे करेन्ट लागी मृत्यु भएको हो।
करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली गई थप अनुसन्धान भईरहेकोगरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।