विराटनगर ।
चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिबादीहरुलाई प्रदेश नं. १ प्रहरी कार्यालयको (रिट) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालत बुझाएको छ ।
चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उप-महानगरपालिका १५ का ३८ बर्षीय गणेश गौतम र सोही स्थानका ४० बर्षीय गंगा तामाङलाई रिट समुहले खोजतलास गर्ने क्रममा गाउ◌ँघरमै लुकिछिपी बसेको अबस्थामा गत ११ गते पक्राउ गरि हिजो सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
यसैगरी चोरी क्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा रु. १०,०००/- जरिवाना भई लगत नं.- ५३९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका ७ घर भई हाल विराटनगर महानगरपालिका ६ झरना चौक का २४ बर्षीय आकाश साहलाई गत ११ पक्राउ गरि हिजै सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार चलान गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।