नेपाली काँग्रेस विराटनगर महानगरको सभापतिमा दिपक चापागाँई विजयी

<span class='c1'>नेपाली काँग्रेस विराटनगर महानगरको</span> <span class='c2'>सभापतिमा दिपक चापागाँई विजयी</span>

विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो ।

चार आकांक्षीमध्ये संस्थापन पक्षका सन्तोष न्यौपानेले १६५ मत प्राप्त गर्नु भएको छ । यसैगरी अर्का पतिस्प्रर्धी कृष्ण कार्कीले १३३ र पौडेल समूह भनेर अगाडी सारिएका अरुण न्यौपानले १२७ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनको आइतबार बिहान मतपरिणाम आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्