छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

<span class='c1'>छुट्टाछुट्टै स्थानमा भएको सवारी</span> <span class='c2'>दुर्घटनामा ४ जनाको मृत्यु</span>

विराटनगर।

प्रदेश नम्बर १ का तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका-५ का १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी सुनसरीको दुहवी नगरपालिका-१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका-११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

यस्तै दुहवी नगरपालिका-८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका-५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा राती ७ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । साथै सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्