विराटनगर।
आकृति रानी फुयल |
लायन्स तथा लियो क्लब अन्तराष्ट्रिय अन्तर्गत जिल्ला ३२५ ए वानसंग आबद्ध रहेको लायन्स/लियो क्लब अफ बिराटनगर गोग्राहद्वारा बिराटनगरका दुई प्रसिद्ध मन्दिरहरु शनि मन्दिर तथा काली मन्दिर परिसरमा बस्ने गरिब, असहाय तथा विपन्न वर्गका व्यक्तिहरुलाई नि: शुल्क खाजा वितरण गरेको छ।
आवर विराटनगरसंग कुरा गर्दै लियो क्लब अफ बिराटनगर गोग्राहका अध्यक्ष लियो एलिस कट्टेल भन्छन्, ' हिजो हामीले ३०० जनाको हाराहारीमा सडक पेटीमा बस्ने व्यक्तिहरुलाई खाजा खुवाएका थियौं साथै यदि आफुहरुले सहयोगी हातहरुको सहयोग पाइराख्यौ भने आगामी दिनहरुमा पनि समाजसेवामा अझ कार्यहरु गर्दै जानेछौं '।