विराटनगरमै सासुले बुहारीलाई पिसाव खानबाध्य पारेको आरोप, कुटपिट आरोपमा श्रीमान पक्राउ

<span class='c1'>विराटनगरमै सासुले बुहारीलाई पिसाव खानबाध्य पारेको</span> <span class='c2'>आरोप, कुटपिट आरोपमा श्रीमान पक्राउ</span>

विराटनगर । श्रीमती लाई कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी रानीले श्रीमान्लाई नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमती २४ वर्षीया कन्चन अधिकारीलाई कुटपिट तथा हिंसा गरेको आरोपमा विराटनगर–१७ का मौसम कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । बुहारीमाथीको हिंसामा संलग्न आरोप लागेका सासु र आमाजु दिदीलाई भने शनिबारको छलफलपछि प्रहरीले तत्काललाई छोडेको छ । पक्राउ परेका मौसम नेपाल बिद्युत प्राधिकरण रानीका कर्मचारी हुन् ।

विराटनगर महानगरपालिका वडा नम्बर १७ स्थित रघुपति जुटमिल स्कुल र हनुमान मन्दिर नजिकै ६४ बर्र्षीया सासु, ३८ बर्षीय श्रीमान्, ४० बर्षीया आमाजु र १९ महिने शिशुसँगै रहेकी २४ बर्षीया कंचन अधिकारीले आफूमाथि जघन्य किसिमको हिंसा भएको आरोप लगाएकी हुन् । विराटनगर–३ मा माइती घर भएकी उनका आफन्त समेतले आइतबार कन्चनमाथी अन्याय भईरहेको भन्दै शनिबार (हिजो) रानीस्थित घरमै पुगेर कारवाहीको माग गरेपछि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यस क्रममा पीडितले दिएको जाहेरीका आधारमा कन्चनका श्रीमान् मौसमलाई अभद्र व्यवहारमा अनुसन्धानका लागि आइतबार म्याद थप गरिएको छ ।

तीनवर्ष अगाडी मौसम र कन्चनबीच पारिवारिक सहमतिमा विवाह भएको थियो । विवाह भएको आठ महिना पछाडीदेखि कन्चनलाई श्रीमान्सहितको संलग्नतामा शारिरीक तथा मानसिक यातना दिदैं आएको माइती पक्षको आरोप छ । पीडितले समेत आफूलाई आफ्नै पिसाब समेत खुवाएको भन्दै सार्वजानिक रुपमा न्याय मागेकी छिन् ।
सासु र आमाजुले नराम्रो गरेको भन्दै आफ्ना श्रीमान्लाई सुनाउँदा उल्टै कुटपिट गर्ने गरेको पीडित कन्चनको आरोप छ । मौसम र कन्चनको १९ महिने छोरी समेत छिन् । आफ्नै छोरीलाई समेत हेर्न र छुन नदिने गर्न थालेपछि उनी आजित भएर घेरा तोड्न बाध्य भएको गुनासो गर्दै सार्वजानिक भएकी हुन् ।

लामो समयसम्म घरेलु हिसामा परेकी कंचनले आफ्नो पिडा लुकाएर राखेको भएपनि माइती पक्षका आफन्त समेतको उपस्थितिमा शनिबार आफूमाथी भएको हिंसाको बारेमा बोलेकी थिइन् । उनलाई घरभित्रै सिमित राख्ने, घरको गेटदेखी पनि बाहिर निस्कन नदिने गरेर सधैंजसो तीनजना मिलेर कुटपिट गर्ने गरेको छिमेकीले समेत दावी गरेका छन् । कंचनको बुबाको निधन भएपछि माईतीमा जाँदा मात्र माईती पक्षले घटना बारे थाहा पाएको र उनीहरुले श्रीमान्, सासु र आमाजुसँग सोधिखोजी गरेका थिए ।
घटना लगतै ईलाका प्रहरी कार्यालय रानी विराटनगरको प्रहरी टोलीले सोधपुछका लागी तीनजनालाई नियन्त्रणमा लिएर दुवै पक्षबीच छलफल गराएको थियो । तर, कंचनका माईती पक्षले मौसम कोईराला विरुद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धानका लागि म्याद थप गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले मौसम विरुद्ध अभद्र व्यवहारमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको बताउनुभयो । घरभित्रै विवाद भएको प्रारम्भिक अनुसन्धानमा देखियो, प्रहरी निरीक्षक राउतले भन्नुभयो–पीडित महिला माथि हिंसा गरेको देखिन्छ तर थप अनुसन्धानको पाटो बाँकी छ ।

छलफलका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याएका सासु आमा र आमाजुलाई भने प्रहरीले छोडेको छ । उनीहरु दुवै विरुद्ध घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गरि कानुनी उपचारको खोजी गर्ने माइती पक्षले बताएका छन् । पीडितले अदालतमा जाने भनेपछि प्रहरीले उनीहरुलाई छोडेको थियो ।
महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ । त्यसैले यो एउटा जघन्य अपराध हो । महिलाले चरम हिंसाको शिकार भोगिरहेको हाम्रो समाज अझैसम्म पनि विवेशिल हुने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्