विराटनगर।
प्रदेश नम्बर १ प्रहरी कार्यालय रिट समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र बैदेशिक रोजगार ठगी कसूर मुद्धामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिबादीहरुलाई आज पक्राउ गरि सम्मानित अदालतमा पेश कारागार चलान गरेको छ ।
केही सार्वजनिक अपराध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७२ चैत ११ गतेको सजाय निर्धारण फैसला आदेशले रु.२,०००/- जरिवाना भई लगत नं.- ५६४९ र नकवजनी चोरी मुद्दामा मिति २०६८ भदौ २९ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १महिना २ दिन कैद तथा रु.६,०००/- जरिवाना भई लगत नं.- ३५०९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका मोरङ बिराटनगर महानगरपालिका ८ का ३४ बर्षीय अजय रायलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सम्मानित मोरङ जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।
यसै गरी सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७२ चैत १ गतेको फैसला आदेशले क्रमशः ३ बर्ष कैद तथा रु.३,००,०००/- जरिवाना भई लगत नं.- ७१८७ मा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका ९ घर भई हाल धरान ७ का ३४ बर्षीय रबिन बोगटीलाई पक्राउ गरि अदालतमा दाखिला गरेको तथा सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।